अब नेपालमै बनेका सवारी दर्ता गर्न बाटो खुल्याे

0 Shares

काठमाडौं : नेपालमा उत्पादन भएका सवारी साधनले दर्ता पाउने भएका छन् । यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवस्थापन कार्यविधि,निर्देशिका २०६० लाई संशोधन गरेपछि स्वदेशमा उत्पादित सवारी साधनहरूले दर्ता पाउने भएका हुन् ।

यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवस्था,कार्यविधि, २०६० लाई संशोधन तथा थप गर्दै स्वदेशी उत्पादन तथा एसेम्बलिङ सवारी साधनलाई पनि दर्ता दिने बाटो खुल्ला गरेको हो ।  योसँगै अब विदेशबाट पार्टस् तथा कच्चा सामग्री ल्याई स्वदेशमा सवारी एसेम्बलिङ गर्ने र सबै पार्टस समेतको तयारी सवारी उत्पादन गर्ने कम्पनी र सवारी साधनले समेत दर्ता पाउने भएका छन् । यस्तो दर्ता (नम्बर प्लेट) का लागि भन्सार प्रज्ञापनपत्र (एलसी) नचाहिने व्यवस्था गरिएको विभागले जनाएको छ ।  पहिलोपटक नेपालमा नै उत्पादित सवारी साधनहरुले नम्बर प्लेट पाउन सफल भएको हो ।

सम्बन्धित समाचारसबै