रौतहटमा राँगाको आक्रमणबाट वृद्धको मृत्यु

0 Shares

रौतहट । रौतहटमा राँगाको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ। कटहरिया नगरपालिका ९  डुमरियामा बुधवार साँझ राँगाको आक्रमणबाट घाइते भएका  ७० वर्षीय बतहु राय यादवको उपचारको क्रममा नारायणी अस्पताल बिरगंजमा  मृत्यु भएको छ।

सोही राँगाको आक्रमणमा परी पटक पटक गरेर  १ दर्जन भन्दा बढी मानिस  घाइते भएका छन् । अतिनै खुंखार प्रवृत्तिको उक्त राँगा नियन्त्रण गर्न पटक पटक गाउँलेहरूले आग्रह गर्दा  अध्यक्ष रुपेश यादव र मेयर अजय प्रकाश जैसवालले वास्ता नगरेको कारण मानिस मृत्यु हुन पुगेको स्थानीयको गुनासो छ ।

सम्बन्धित समाचारसबै