0
Shares
सोलुखुम्बु । स्वतन्त्र विद्यार्थी युनियन स्ववियूको निर्वाचनका लागी आगामी चैत्र ५ गतेका लागी त्रिभुवन विश्वविद्यालयले निर्वाचन मिति तोकिरहेको छ । तर हिमाली जिल्ला सोलुखुम्बुमा भने क्याम्पसहरूले सङ्गठन दर्ताका लागी आह्वान नगरेको भन्दै नेविसङ्घले विज्ञप्ति जारी गर्दै निर्वाचन प्रकृया अगाडि बढाउन आग्रह गरेको छ ।
जिल्लाको सोलुखुम्बु बहुमुखी क्याम्पस, सोताङ क्याम्पस, बि पि संस्कृति क्याम्पस, हिमाल दर्शन क्याम्पस, दुधकोशी क्याम्पसमा निर्वाचन प्रकृया अगाडि बढाउन सङ्घले माग गरेको छ ।