असोज २४ गते प्रदर्शनमा आउने फिल्म अभिमन्युको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

0 Shares

काठमाडौं । ७सीज सिनेमाले प्रस्तुत गरेको बहुप्रतिक्षित नेपाली फिल्म “अभिमन्यु – च्याप्टर १” को दोस्रो गीत “मरौ ज्यानले” सार्वजनिक गरीएको छ। असोज २४ गते (अक्टोबर १०, २०२५) रिलिज हुने तयारीमा रहेको यस फिल्मको यो गीतले रिलिजसँगै दर्शकमाझ उत्साह थपिदिएको छ।

गीतमा शब्दकार सुरेश बादलको शब्दलाई गायक तथा संगीतकार सुषान्त गौतमले आफ्नै स्वरमा प्रस्तुत गरेका छन्। बिशाम आचार्यको संगीत संयोजनमा तयार गरिएको यस गीतमा गिटारमा पुरुष्कार खड्का, मादलमा पोषण मगर, बाँसुरीमा रत्ना बीकेले आफ्नो कला प्रस्तुत गरेका छन्। मिक्सिङ–मास्टरिङ समेत बिशाम आचार्यले गरेका हुन्।

“अभिमन्यु – च्याप्टर १” मा कामेश्वर चौरेसिया, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, सरिता गिरीलगायत दर्जनभन्दा बढी चर्चित कलाकारको अभिनय रहेको छ। फिल्मलाई सुषान्त गौतमले निर्देशन गरेका हुन् भने बिनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेका हुन्। मुकेश खनालले लेखेको कथा–पटकथामा तयार यो फिल्मलाई एक्शन, रोमान्स र पारिवारिक भावनाले भरिएको भनी प्रस्तुत गरिएको छ।

७सीज सिनेमाले विश्वव्यापी रूपमा वितरणमा ल्याउन लागेको यस फिल्मलाई नेपाली फिल्म उद्योगमा नयाँ स्तर दिने विश्वास लिइएको छ। सार्वजनिक भएको गीत,टिजर र ट्रेलरले फिल्मको माहोललाई अझै चर्चामा ल्याएको छ।

चलचित्र “अभिमन्यु – च्याप्टर १” असोज २४ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ। दर्शकहरूले नेपाली फिल्ममा नयाँपन पाउने अपेक्षा गरिएको छ।

 

सम्बन्धित समाचारसबै