थप १२१ जनामा संक्रमण पुष्टि, एकको मृत्यु,

0 Shares

काठमाडौं-  पछिल्लो २४ घण्टामा कोरोनाबाट एक संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् भने एक जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ३७७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ५८ जना एन्टीजेन विधिबाट ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ८१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै पीसीआर विधिबाट देशभर सङ्क्रमितको सङ्ख्या ४४५ पुगेको छ । यही अवधिमा थप ४२ हजार १८० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

सम्बन्धित समाचारसबै