0
Shares
रौतहट । रौतहटमा राँगाको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ। कटहरिया नगरपालिका ९ डुमरियामा बुधवार साँझ राँगाको आक्रमणबाट घाइते भएका ७० वर्षीय बतहु राय यादवको उपचारको क्रममा नारायणी अस्पताल बिरगंजमा मृत्यु भएको छ।
सोही राँगाको आक्रमणमा परी पटक पटक गरेर १ दर्जन भन्दा बढी मानिस घाइते भएका छन् । अतिनै खुंखार प्रवृत्तिको उक्त राँगा नियन्त्रण गर्न पटक पटक गाउँलेहरूले आग्रह गर्दा अध्यक्ष रुपेश यादव र मेयर अजय प्रकाश जैसवालले वास्ता नगरेको कारण मानिस मृत्यु हुन पुगेको स्थानीयको गुनासो छ ।