कर्मा ब्याण्डले एक दशकपछि नयाँ एल्बम ‘हेर’ ल्याउँदै

0 Shares

काठमाडौ । नेपाली सांगीतिक ब्याण्ड ‘कर्मा’ले एक दशकपछि नयाँ एल्बम ‘हेर’ ल्याउने भएको छ ।

बिहीबार कर्मा ब्याण्डलाई व्यवस्थापन गरिरहेको आदि ग्रुपले नयाँ डिजिटल एल्बम ‘हेर’ ल्याउन लागेको हो । ब्याण्डको नयाँ एल्बम ‘हेर’मा समावेश हुने गीतको रेकर्डिङ सिध्याएर म्युजिक भिडियो निर्माण भइरहेको जनाइएको छ ।

भिडियो निर्माणको काम सिध्याएपछि ब्याण्डको एल्बम सार्वजनिक हुने बताइएको छ । उक्त एल्बममा आठ गीत समावेश हुनेछन् । अधिकांश गीतमा ब्याण्डका गायक सुरेन्द्रमान सिंहको शब्द र संगीत रहनेछ । एएसक्यूले हालै अर्को सांगीतिक ब्याण्ड ‘कन्दरा’को पुनर्आगमनको सिलसिलामा पोखरामा भव्य कन्सर्टको आयोजना गरेको थियो ।

‘हेर’ कर्मा ब्याण्डको छैटौं एल्बम हो । यसअघि ब्याण्डले सन् १९९९ मा पहिलो एल्बम ‘सहर तिम्रो’ सार्वजनिक गरेको थियो । सन् २००० मा सार्वजनिक भएको दोस्रो एल्बम ‘हुक्का’ एल्बममा समावेश ‘हुक्का मेरो’ गीतले ब्याण्ड चर्चाको शिखरमा पुग्यो ।

सम्बन्धित समाचारसबै