नेपाली राष्ट्रिय क्रिकेट टोली र गुजरातबिच आज प्रतिस्पर्धा

0 Shares

काठमाडौँ । एसएमएस फ्रेण्डसिपअन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतीय क्लब गुजरातसँग तेस्रो टि २० खेल खेल्दै छ । यसअघि भएका दुई खेलमा नेपाल विजयी भएको छ । यसअघिका गुजरातलाई ८ विकेटले पराजित गरेको नेपालले मंगलवार बरोडालाई २७ रनले पराजित गरेको थियो ।

दुई खेलमै अपराजित नेपाल आज पनि जित निकाल्ने पक्षमा रहेको छ । आजको खेल जितेको खण्डमा सिरिजअन्तर्गत नेपाल एक खेल अगावै फाइनल पुग्नेछ । खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।

सम्बन्धित समाचारसबै