0
Shares
नारायण नेपाल ।
कलम सिर्जना नारियोस्, जन,
दिनदिनै यसै खारियोस् झन !
फजुल बात ता हैन गुन्य होस्,
उलटफेरको सोच शून्य होस् !
उपज मानले ध्यान खिच्नुछ,
मलजलै गरी ज्ञान सिच्नुछ !
प्रणय कोलमा हुन्छ जोबन,
समझले अहो रम्छ यो मन !
मकन इन्दिरा बोल्दछिन् यसै,
सकल राज लौ खोल्दछिन् सबै !
लेखक नारायण नेपाल अध्यापन पेशामा छन् । साहित्यिक एवम् समसामयिक विषयमा कलम चलाउने उनी विशेषत गीत,गजल र कविता लेखनमा अब्बल छ्न ।