0
Shares
सोलुखुम्बु । नेपाल विद्यार्थी संघको ५५ औं स्थापन दिवसको अवसरमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सोलुखुम्बुले दिप प्रज्वलन कार्यक्रम गरेको छ । सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीमा जिल्ला सचिव विभुषण राईको संयोजकत्वमा कार्यक्रम भएको हो ।
दिप प्रज्वलन कार्यक्रमका सभापतित्वमा नवीन बस्नेत, प्रमुख अतिथि नाङ्मेल जाङ्ग्बु शेर्पा, नेपाल महिला संघ अध्यक्ष सरला राई, नेपाल शिक्षक संघ अध्यक्ष मदन राई र संघीय प्रतिनिधि जनक थापा (कपुर) को सहभागिता थियो ।
नेपाल विद्यार्थी संघ सोलुखुम्बु जिल्ला कार्यसमितिले हिजो स्थापना दिवसको अवसर पारेर फाप्लु अस्पतालका बिरामीलाई फलफूल बितरन समेत गरेको थियो ।