0
Shares
काठमाडौँ । संसद सहज रुपमा सुचारु गर्ने विषयमा दलहरुबीच सहमति नहुँदा बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सुरु हुन सकेको छैन ।
संसद् खुलाउने विषयमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल जारी राखेका छन् । सभामुखसँगको छलफलपछि कार्यव्यवस्था परामर्श समितिको बैठक राख्ने तयारी रहेको छ ।