0
Shares
काठमाडौँ। नेपाल भ्यालुअर्स एसोसिएसन (एनभीए) ले हाल देशमा देखिएको आर्थिक मन्दी र यसबाट देशभर मूल्याङ्कन क्षेत्रमा देखिएको असरप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । हिजो जेठ ४ गते शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै एनभीएले भनेको छ, ‘हाल घरजग्गा खरिद बिक्रीमा देखिएको गिरावट, घट्दो बजार मूल्य, घर–जग्गा लिलामीको बढ्दो सूचना प्रकाशन लगायतका करण स्थीर सम्पतिको मूल्यङ्कनमा असर परेको छ ।’