नक्कली लेवलिङ गरेको २४१ थान कम्युटरसहित २ जना पक्राउ

0 Shares

काठमाडौँ । नक्कली लेवलिङ गरेर कम्प्युटर मनिटर बेचबिखन गरेको आरोपमा प्रहरीले काठमाडौँबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्मा घर भएका २२ वर्षीय तुसार अग्रवाल र न्युरोडमा पसल सञ्चालन गर्ने उमेश मुडभरी छन् ।

सादा मनिटरमा उनीहरुले डेल कम्पनीको लोगो टाँसेर बेच्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले  बताए । काठमाडौँ महानगरपालिका–२२ स्थित भोटेबहालमा अग्रवालले सञ्चालन गरेको गोदामबाट २५३ थान र न्युरोडस्थित मुडभरीको पसलबाट ६ थान मनिटर प्रहरीले बरामद गरेको छ ।

सम्बन्धित समाचारसबै