0
Shares
काठमाडौँ । नेकपा (समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसद्मा देखिएको गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी नेपालले ध्यानाकर्षण गराएका हुन् ।
‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर संसद्मा देखिएको गतिरोध हटाउने विषयमा ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । गतिरोध समाधान गर्ने दिशामा प्रधानमन्त्रीज्यूको सक्रिय पहल होस्। हाम्रो पार्टीको तर्फबाट सहमति र संवादको माध्यमबाट समस्या समाधान गर्ने बारेमा हरेक खालको सहयोग हुने कुरा पनि पार्टी अध्यक्षले राख्नुभयो’, एकीकृत समाजवादीको सचिवालयले जनाएको छ ।