कर्णाली प्रदेश सभाको सचिवमा पुनः बुढाथोकी

0 Shares

काठमाडौँ । कर्णाली प्रदेश सभाको सचिवमा पुनः जीवराज बुढाथोकी नियुक्त भएका छन् । उनले दोस्रो पटक सचिवको रुपमा शपथ लिएका हुन् ।

बुढाथोकीको पहिलो कार्यकाल जेठ ११ गते सकिएको थियो । सल्यान निवासी बुढाथोकीलाई प्रदेश सभाका पहिलो सभामुख राजबहादुर शाहीले ल्याएका थिए ।  उनी त्यसअघि केन्द्रमा रहेर पनि काम गरिसकेका थिए ।

सम्बन्धित समाचारसबै