0
Shares
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा मनोनित भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधानको धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम पौडेललाई सो विभागको प्रमुखमा मनोनित गरेका हुन् ।
बागलुङ नगरपालिकाको पैयुँपाटामा २०२३ सालमा जन्मिएका पौडेलले २०३६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका हुन्। उनी २०४६ सालमा त्रिचन्द्र क्याम्पसको अध्यक्ष हुँदै संघको केन्द्रीय सदस्य र महामन्त्री भएका थिए।
सभापति देउवाको अघिल्लो कार्यकालमा पौडेल आमन्त्रित केन्द्रीय सदस्य थिए । गत असारमा सभापति देउवाले पौडेललाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।