स्ववियु निर्वाचन प्रकृया अगाडि बढाउन सोलुखुम्बुका क्याम्पसहरूलाई नेविसङ्घको माग

0 Shares

सोलुखुम्बु । स्वतन्त्र विद्यार्थी युनियन स्ववियूको निर्वाचनका लागी आगामी चैत्र ५ गतेका लागी त्रिभुवन विश्वविद्यालयले निर्वाचन मिति तोकिरहेको छ ।  तर हिमाली जिल्ला सोलुखुम्बुमा भने क्याम्पसहरूले सङ्गठन दर्ताका लागी आह्वान नगरेको भन्दै नेविसङ्घले विज्ञप्ति जारी गर्दै निर्वाचन प्रकृया अगाडि बढाउन आग्रह गरेको छ ।

मङ्गलबार नेपाल विद्यार्थी सङ्घ सोलुखुम्बुका अध्यक्ष विभूषण राईले एक विज्ञप्ति जारी गर्दै क्याम्पसहरूले निर्वाचन प्रकृया अगाढी नबढाएको भनदै निर्वाचन प्रकृया यथासिघ्र अगाढी बढाउन माग गर्नुभएको छ ।  जिल्लास्थित ५ वटा क्याम्पसहरूले स्ववियु निर्वाचनका लागी प्रकृया अगाढी नबढाइदिँदा निर्वाचन प्रकृया अन्यौलमा परेको उहाँको भनाई छ ।

 जिल्लाको सोलुखुम्बु बहुमुखी क्याम्पस, सोताङ  क्याम्पस, बि पि संस्कृति  क्याम्पस, हिमाल दर्शन  क्याम्पस, दुधकोशी क्याम्पसमा निर्वाचन प्रकृया अगाडि बढाउन सङ्घले माग गरेको छ ।  

सम्बन्धित समाचारसबै