हल खुलेसँगै हाउसफुल हुन थाल्यो कोशेढुङ्गा,लयमा फर्किएको संकेत

0 Shares

काठमाडौ । जेन्जी आन्दोलनले गर्दा बन्द भएको हल खुले सगै निरन्तरता पाएको फिल्म कोशेढुङ्गा ले हल खुलेको दोस्रो दिनबाट उत्साहजनक व्यापार गर्न थालेको छ।

काठमाडौ भित्र केही कम सो पाएपनि काठमाडौँ बाहिर भने धेरै शो पाएको छ र ती शोहरू हाउसफुल भएका छन्। फिल्म हेर्ने प्राय सबै दर्शकहरूको आँखाभरि आँसु छ । सुरुवाती दिनमा केही कमजोर ओपनिङ गरेतापनि पछिल्लो समय दर्शकको माउथ पब्लिसिटीले गर्दा हलमा दर्शकको भिड लाग्न थालिएको हो । जतिले फिल्म हेरे सबैले उत्कृष्ट फिल्म बनेको भन्दै प्रशंसा गरेका छन्। सबैले आफ्नै घरको कथा आफ्नै माटोको कथा आफ्नो देशको कथा नेपाली समाजको वास्तविक कथा भन्दै यो फिल्म हेर्न पर्ने बताएका छन्।

आफ्नो पनि छोरा बुढा बुबा छोरी विदेश भएको र फिल्ममा देखाए जस्तो नहोस् भन्दै भक्कानिएका छन्। फिल्ममा मन्जिल कुमार, सुरक्षा पन्त आर्यन सिग्देल नीति शाह प्रविण खतिवडा। सरोज खनाल लगायतको मुख्य भूमिका छ। यो फिल्मलाई प्रिभिल कडेल र किशोर अनुरागले निर्माण गरेका हुन् । ब्लकबस्टर फिल्म पूर्णबहादुरको सारङ्गी लेखन तथा निर्देशन गरेका निर्देशक सरोज पौडेलले यो फिल्म लेखन तथा निर्देशन गरेका हुन्।

सम्बन्धित समाचारसबै