“सिन्धुलीगढी घुमेर हेर्दा” बोलको गीत पून: ४६ वर्षपछि सार्वजनिक हुँदै(भिडियोसहित)

0 Shares

काठमाडौँ । “सिन्धुलीगढी घुमेर हेर्दा” बोलको गीत पून: ४६ वर्षपछि सार्वजनिक भएको छ । म्युजिक नेपाल youtube च्यानल मार्फत सो गीतलाई सार्वजनिक गरिएको हो ।

२०३६ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको गीत जुन गीतले प्रथम पुरस्कार समेत जित्न सफल भएको थियो । सो गीतमा शब्द संगीत तथा स्वर स्वर्गीय कृष्णविक्रम थापाले दिएका थिए। ४६ वर्षपछि पुनः सोही गीत तयार भएर आएको हो।

अहिले भने उनकै जेस्ट पुत्र राजु थापाले स्वोर दिएका छ्न सिन्धुलीको सान बोकेको गीतको छायांकन सिन्धुली जिल्लाकै सेरोफेरोमा भएको छ। जसमा रमेश विश्वकर्मा र दीप्सा कार्की मुख्य भूमिकामा देखिएका छन् भने पवन केसी सत्य देबि पबित्रा रम्तेल तथा काजी थापाले सहायक भूमिका गरेका छन्। गितको सुन्दर दृश्र कैद बासु बराल ले गरेका छन भने भिडियो निर्देशन निर्देशक क्रान्ति के सी ले गरेका छन ।

सम्बन्धित समाचारसबै