पश्चिम नवलपरासी– २ बाट पूर्व मेयर थापाले टिकट पाउने संभावना

0 Shares

काठमाडौं । आगामी फागुन २१ का लागि तय भएको निर्बाचनमा उमेद्वार हुन आकांक्षीहरुको संख्या उल्लेख्य छ ।

माघ ६ गते निर्बाचन आयोगले उमेद्वारको नामावली दलहरुसँग माग गरेको छ भने त्यसका लागि दलहरु पनि आन्तरिक छलफलमा रहेका छन् ।

यसैबीच पश्चिम नवलपरासीले प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट भीम बहादुर थापाले टिकट पाउने संभावना बढेको बताइएको छ ।

नेपाली कांग्रेसभित्र रहेर लामो समयदेखि काम गर्दै आएका सुनवल नगरपालिकाका पूर्व मेयर थापा निकै लोकप्रिय नेताका रुपमा समेत परिचित रहेको र उनैलाई कांग्रेसले टिकट दिने संभावन बढि रहेको बुझिएको छ ।

कांग्रेसमा रुपान्तरण र पुस्तान्तरण हुनुपर्छ भन्ने मान्यता राख्ने थापाले नगर प्रमुख हुँदा गरेका कामको अझै पनि प्रसंशा नै हुने गरेको छ भने उनी युवाबीच निकै परिचित र परिपक्क नेता समेत हुन् ।

हुनत नेपाली कांग्रेस जिल्ला कार्यसमिति पश्चिम नवलपरासीले प्रतिनिधि सभा क्षेत्र नम्मर २ बाट थापा सहित ३ जनाको नाम सिफारिस गरेको छ ।

जिल्ला कार्यसमितिको बैठकबाट प्रतिनिधिसभा पदको उम्मेदवारका लाग प्रत्यक्ष तर्फ ४ जनाको नाम कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिलाई सिफारिस गरेको थियो ।

पार्टीले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका लागि प्रत्यक्ष तर्फबाट पूर्व मन्त्री देवेन्द्र राज कण्डेल, भिम बहादुर थापा क्षेत्री, नरेन्द्र कुमार गुप्ता र दुर्गा कोइरालाको नाम सिफारिस गरेको छ ।

सम्बन्धित समाचारसबै