काठमाडौं । आगामी फागुन २१ का लागि तय भएको निर्बाचनमा देशभरबाट उमेद्वारको टुंगो लगाउने क्रम जारी छ ।
एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, राप्रपाले टिकट बितरणको काम सकिदै गर्दा कांग्रेसपनि अन्तिम चरणमा रहेको छ ।
यसैबीच पश्चिम नवलपरासीले प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट भीम बहादुर थापाले टिकट पाउने संभावना बढेसँगै त्यहाँका स्थानीयहरुमा पनि उत्साह थपिएको छ ।
नेपाली कांग्रेसभित्र रहेर लामो समयदेखि काम गर्दै आएका सुनवल नगरपालिकाका पूर्व मेयर थापा निकै लोकप्रिय नेताका रुपमा समेत परिचित उनले टिकट पाउने चर्चासँगै उत्साह थपिएको स्थानीयहरु बताउछन् ।
कांग्रेसमा रुपान्तरण र पुस्तान्तरण हुनुपर्छ भन्ने मान्यता राख्ने थापाले नगर प्रमुख हुँदा गरेका कामको अझै पनि प्रसंशा नै हुने गरेको छ भने उनी युवाबीच निकै परिचित र परिपक्क नेता समेत हुन् ।
जिल्ला कार्यसमितिको बैठकबाट प्रतिनिधिसभा पदको उम्मेदवारका लाग प्रत्यक्ष तर्फ ४ जनाको नाम कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिलाई सिफारिस गरेको थियो ।
पार्टीले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका लागि प्रत्यक्ष तर्फबाट पूर्व मन्त्री देवेन्द्र राज कण्डेल, भिम बहादुर थापा क्षेत्री, नरेन्द्र कुमार गुप्ता र दुर्गा कोइरालाको नाम सिफारिस गरेको छ ।