निर्वाचन तयारीका लागि नेकपा एसले दियो नेताहरुलाई जिम्मेवारी

0 Shares

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले मंसिर ४ मा हुने निर्वाचनबारे पूर्व तयारी गर्न विभिन्न नेताहरुलाई जिम्मेवारी तोकेको छ । बुधबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मा उपमहासचिव समेत रहेका नेता गंगालाल तुलाधरलाई दिएको छ । त्यस्तै निर्वाचन घोषणापत्र मस्यौदा तयार गर्न प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेललाई जिम्मेवारी दिएको महासचिव वेदुराम भुसालले जानकारी दिए ।

प्रदेश तथा प्रतिनिधिसभा सदस्य उम्मेदवारीको मापदण्ड र छनोट विधि बारेमा प्रस्ताव तयार गर्न महासचिव वेदुराम भुसाललाई जिम्मा दिएको छ । साथै बैठकले निर्वाचन निर्देशिका तयार पार्न पार्टीको कानुन विभाग र निर्वाचन विभागलाई जिम्मा दिएको छ । पार्टीको कानुन विभागमा रामचन्द्र झा छन् भने निर्वाचन विभागमा रामकुमार भट्टराई रहेका छन् ।

सम्बन्धित समाचारसबै