मधेस प्रदेशसभाको बैठक बस्दै

0 Shares

जनकपुरधाम – मधेस प्रदेशको प्रदेशसभाको बैठक आज २८ दिनपछि बस्दैछ । गत माघ ४ गतेदेखि स्थगित बैठक आज बस्न लागेको हो ।मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चित कालका लागि स्थगित गरिएको थियो ।

सभामुख रामचन्द्र मण्डलद्वारा आज दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचारसबै