दाना,नाना र खानामा आत्मनिर्भर बनाउने एजेण्डासहित विजय कँडेलको काठमाडौं ५ बाट उम्मेदवारी घोषणा

0 Shares

काठमाडौं– युवा व्यवसायीका रुपमा परिचित विजय कँडेलले उम्मेदवारी घोषणा गरेका छन् । उनले प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

कृषि क्षेत्रको उत्थान,विकास र प्रर्वधनको लागि आफ्नो उम्मेदवारी रहेको उनी दाबी गर्छन् । उनी भन्छन्–‘देशको विकासको लागि दाना,नाना र खानामा आत्मनिर्भर बन्नुपर्छ त्यस्को लागि कृषि क्षेत्रको विकास हुुन जरुरी छ ।’

कँडेल देशको अर्थतन्त्र र कूटनीति लगायतका विषयमा समेत सुधार गर्ने बताउँछन् । अंग्रजी साहित्यमा स्नातकोत्तर गरेका कँडेल केही वर्ष अस्ट्रेलियासमेत बसेर नेपाल फर्केका हुन् । उनी सोही अनुभवका आधारमा भन्छन्– ‘देश रेमिट्यान्सले बन्दैन्, युवाहरुलाई देशमै केहि गर्न प्रोत्साहन गर्नुपर्छ ।’

अस्ट्रेलियन टेक्नोलोजीमा आधारित व्यवसायी सुरु गरेका कँडेलले युवालाई व्यवसायीमा जोड्न, व्यवसायिक क्षेत्रमा परिवर्तन ल्याउन राजनीतिमा आएको उनी बताउँछन्, ‘ मेरो उम्मेदवारी व्यवसायिक क्षेत्रमा परिवर्तन ल्याउनका लागि हो ।’

सम्बन्धित समाचारसबै