अवरुद्ध कलङ्की-चक्रपथ-गौशाला सडक खण्डको निरीक्षणमा पुगे मेयरदेखि मन्त्रीसम्म

0 Shares

काठमाडौँ – उपप्रधान र भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अग्रसरतामा आज सम्बन्धित निकायले अवरुद्ध कलङ्की चक्रपथ गौशाला सडक खण्डको निरीक्षण गरेको छ ।

यस सडक खण्डको निर्माण कार्य छिटो थालनी गराउने उद्देश्यले उपप्रधानमन्त्री श्रेष्ठको पहलमा नेपालका लागि चिनिया राजदूत चेन छोङ,काठमाडौँमहानगरकाका मेयर बालेन शाह, मन्त्रालयका सचिव केशवप्रसाद शर्मा, बिधुत प्राधिकरणका प्रमुख कुलमान घिसिङ लगायतको टिम स्थलगत निरीक्षणमा गरेको हो ।

सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सडकखण्ड निर्माण कार्य निरन्तर गराउनेमा सरकार सचेत रहेको बताएका थिए ।

सम्बन्धित समाचारसबै