२४ घण्टामा ६५६ नमुना परीक्षण : ३८ जनामा संक्रमित पुष्टि

0 Shares

काठमाडौं – नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६५६ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ३८ जनाको नतिजा ‘पोजिटिभ’ आएको हो ।

यो अवधिमा ११८ नमुनाको पीसीआर परीक्षण गर्दा १५ र ५३८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार २० जनाको मृत्यु भएको छ । यो अवधिमा देशभर सातजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८९ हजार १९३ पुगेको छ ।

सम्बन्धित समाचारसबै