भारतमा २४ घण्टामा ४,४३५ कोरोना संक्रमित, १५ को मृत्यु

0 Shares

भारत– भारतमा बुधबार कोरोना संक्रमितको संख्या पछिल्लो पाँच महिनामा सर्वाधिक देखिएको छ । बुधबार यहाँ ४ हजार ४३५ जना संक्रमित भेटिएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या बढेर २३ हजार ९१ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको ताजा आँकडाका अनुसार यसअघि सेप्टेम्बर २५ मा कोरोनाका ४,७७७ संक्रमित भेटिएका थिए ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १५ जनाको मृत्युसमेत भएको छ । यस्तै, दैनिक संक्रमण दर ३.३८ प्रतिशत पुगेको छ ।

सम्बन्धित समाचारसबै