नेप्से सूचक ५ अंकले बढेर बन्द, १ अर्ब ६० करोडको कारोबार

0 Shares

काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार नेप्से सूचक ५ अंकमाथिले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ५.८८ अंकले बढ्दै १८ सय ८३.२० अंकको विन्दुमा उक्लिएको हो । उसो त अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ३२.३० अंकले बढेर १८ सय ७७.३२ अंकको विन्दुमा अडिएको थियो ।

नेप्से सूचक बढेसँगै आज कारोबार रकम समेत डेड अर्बमाथि भएको छ । आज १ अर्ब ६० करोड ४ लाख रुपैयाँ बराबरको ४८ लाख २८ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रोपावर र म्यानु एण्ड प्रो समूहको उपसूचक बाहेक आज ९ वटा उपसूचक धनात्मक भएका छन् ।

आज राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । तर, यता आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने आज ६.६५ प्रतिशतले घट्न पुगेको छ ।
सम्बन्धित समाचारसबै