बालिका बलात्कार आराेपमा एकजना पक्राउ

0 Shares

दाङ, १० असाेज । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१४ भेटनरी बस्ने ४० वर्षीय टेक बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

 

विकले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार रहेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 

सम्बन्धित समाचारसबै