शरणार्थी प्रकरणमा नेपाल हजका अध्यक्ष शमशेर मियाँ पक्राउ

0 Shares

काठमाडौं । नेपाल हज समितिका अध्यक्ष शमशेर मिया बिहीबार ऊर्जा मन्त्रालयमा पुग्नासाथ पक्राउ परेका छन् । शरणार्थी प्रकरणमा प्रहरीको आफूलाई खोजेको सुराक पाएपछि उनी फरार थिए ।

शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहलाई सरकारी जिप उपलब्ध गराएको अनुसन्धानबाट थाहा भएको छ । बिहीबार उनले हज समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी अर्को व्यक्तिलाई दिने तयारी गरेका थिए । सो निर्णय गर्न गृह मन्त्रालयबाट फाइल मगाएर ऊर्जा मन्त्रालयमा छिरेका मियाँलाई पक्राउ गरिएको छ । शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १५ पुगेको छ ।

सम्बन्धित समाचारसबै