विश्वकप : अर्जेन्टिना प्रि–क्वाटरफाइनलमा प्रवेश

0 Shares

काठमाडौं – अर्जेन्टिना विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ।  बुधबार राति भएको खेलमा पोल्यान्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो ।

स्टेडियम ९७४ मा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन आल्याक्स म्यस अलिस्टार र जुलियन आल्भारेजले एक–एक गोल गरे ।  खेलको ४६ औं मिनेटमा अलस्टेरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । खेलको ६७औं मिनेटमा आल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको जित दिलाए ।

जितसँगै अर्जेन्टिना समूह सी को शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्यो ।

सम्बन्धित समाचारसबै