नेपाल प्रहरीले केही समयभित्र ३१ औं प्रहरी महानिरीक्षक (आईजिपी) पाउने भएको छ। हाल महानिरीक्षक बन्ने होडमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरू टेकबहादुर तामाङ, सुदीप गिरी र दीपक थापा रहेका छन् । तीन जनामा तामाङ पहिलो नम्बर‚ गिरी दोस्रो र थापा तेस्रो नम्बरमा रहेका छन् ।
तीनै जना एकैदिन २०५२ साल भदौ १९ गते प्रहरी निरीक्षक सेवाबाट प्रवेश भएका हुन्। यस्तै २०६३ भदौ १५ मा उनीहरुसहित ५१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा भएका थिए । २०७१ फागुन ६ गते ३५ जना प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका थिए । जसमा तामाङ र गिरी पनि बढुवामा परेको थियो । तर थापा भने संस्थागत अनुशासन भन्दा बाहिर रहेर अधिक चलखेल गरेकै कारण २०७२ साउन ७ गते मात्रै बढुवा भएको हो।
नियमावलीमा ४ वर्षे अवधिको प्रावधान हुँदाहुँदै पनि ३ वर्षे कार्यावधि बनाई थापालाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरेको थियो । त्यतिबेला ३५ जनाले ४ वर्ष कार्यकाल पूरा गरिसकेका थिए । तीमध्ये थापाभन्दा बरिष्ठ २२ जनालाई भने पदोन्नतिमा वञ्चित गरिएको थियो।
प्रचण्ड परिवारसँग निकटतम रहेकै कारण २०७९ चैतमा तामाङ र गिरीभन्दा १५ दिन अगाडि प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजीपी) बनेका थिए । थापालाई लामो समयसम्म खरिद विभागमा रही अनाधिकृत आर्थिक उपार्जन गर्ने अधिकृतमा चिनिन्छ। स्रोतका अनुसार अनाधिकृत अर्थ शक्ति देखाएर सबै शक्तिलाई मिलाउँछु भन्दै डिङ दिँदै हिडेका छन् । यस्तै उनले बालमन्दिरकाे जग्गा अनुसन्धान राेकेकाे कुरा पनि बाहिर आएका थिए । उनले भुटानी शरणार्थीमा बेचेन झा पक्राउ गरेर अरुलाई उन्मुक्ति दिएका थिए ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको नेतृत्व गरिरहेका एआईजी तामाङ भने संगठनको नेतृत्व सम्हाल्न अब्बल रहेको मानिन्छ ।
विवादरहित र इमान्दार छवि बनाएका तामाङले अपराध अनुसन्धान विभाग प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल प्रमुख, एसएसपी हुँदा विराटनगर तालिम केन्द्र प्रमुख, एसपी हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हालिसकेका छन्। उनी प्रहरी नियमावली २०७१ को नियम ४१ अनुसार ज्येष्ठता, कार्यकुशलता, नेतृत्व क्षमता र उत्तरदायित्व वहन गर्ने योग्यताका आधारमा आइजिपीका लागि योग्य मानिन्छन्।