गुल्मी–१ मा चन्द्र भण्डारीको बिकल्प छैन

0 Shares

काठमाडौं । असन्न प्रतिनिधिसभाको निर्बाचनका लागि देशभर उम्मेद्वार छनोटको क्रम जारी रहेकै बेला नेपाली कांग्रेभित्र पनि चटारो सुरु भएको छ ।

बिशेष महाधिवेनबाट आएको नयाँ नेतृत्वले उम्मेद्वार छनोटका लागि बिभिन्न विधि बनाएर काम अघि बढाउँदै गर्दा गुल्मी क्षेत्र नम्बर १ का कांग्रेसी नेताहरुले प्रभावशाली नेता डा. चन्द्र भण्डारीको बिकल्प नरहेको बताउन थालेका छन् ।

समग्र गुल्मीको बिकास र राष्ट्रिय स्तरमा भण्डारीले खेलेको भूमिकालाई लिएर पनि उनीमाथि गुल्मी कांग्रेसका नेता र सुभेच्छुकले चन्द्र भण्डारीको बिकल्प नभएको भन्दै उनैलाई केन्द्रबाट उम्मेद्वार सिफारिस गर्नुपर्ने बताएका छन् ।

कांग्रेसभित्र रहेर कांग्रेसलाई बिभाजन हुनबाट रोक्नु नै सबैभन्दा ठूलो उद्देश्य ठान्दै पद र प्रतिष्ठालाई तिलाञ्जली दिन पनि पछि नपर्ने भण्डारीलाई गुल्मीले गुमायो भने अझै १० वर्ष उठ्न नसक्ने त्यहाँका नेतादेखि कार्यकर्ताको ठम्याई छ ।

डा. भण्डारीले आफुले नयाँ पुस्तालाई अघि सार्ने भन्दै पछि हट्ने हल्लाले आफुहरु निरास बनेको भन्दै सिंगो संगठनलाई बचाउनका लागि भएपनि भण्डारीले गुल्लमी आउनुपर्ने र बिजय गराएरै पठाउने प्रतिवद्धता समेत उनीहरुले गरेका छन् ।

सम्बन्धित समाचारसबै